दफा ४७
आयोगले खानेपानीको थोक खरिद तथा बिक्री मूल्य निर्धारण गर्ने आधार
(१) आयोगले खानेपानीको थोक खरिद तथा बिक्रीको लागि मूल्य निर्धारण गर्दा देहायका विषयलाई आधार लिनु पर्नेछः-

(क) उपभोक्ताको आवश्यकता र सेवाप्रदायकमा पर्ने वित्तीय प्रभाव,

(ख) माग र आपूर्ति बीचको सन्तुलन,

(ग) आयोजनाको लागत,

(घ) सञ्चालन र व्यवस्थापन खर्चको क्षमता र दक्षता,

(ङ) आर्थिक तथा वित्त व्यवस्थापन कुशलतापूर्वक गर्न सक्ने क्षमता,

(च) हिउँद वा वर्षामा हुने फरक मूल्य,

(छ) पानीको गुणस्तर, उपलब्धता र सुरक्षा,

(ज) पानी उपयोगको प्रयोजन (घरेलु, व्यावसायिक, औद्योगिक),

(झ) अप्रशोधित, अर्ध-प्रशोधित वा प्रशोधित पानीको किसिम,

(ज) वातावरणमा पर्नसक्ने प्रभाव ।

(२) उपनियम (१) बमोजिम मूल्य निर्धारण गर्दा सेवाप्रदायक र उपभोक्ता दुवैको हित हुने गरी कम मूल्यमा धेरै उपभोक्तालाई सेवा दिन सकिने अवस्था (अवसर लागत) लाई समेत ध्यान दिनु पर्नेछ।